ताजा समाचार


मादक पदार्थ सेवन गरी कुटापिट गर्दा एक जनाको ज्यान गयो

 नेपाल बाहक    २६ बैशाख २०७८, आईतवार १५:५१     286 जनाले पढ़िसके

ओखलढुङ्गा । ओखलढुंगमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अनुसार शनिवार राति मादक पदार्थ खाएर कुटपिट गर्दा एक जना पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका १ का ५० वर्षीय महेशकुमार खड्का रहेका छन् । प्रहरीका अनुसार खड्का लाई सोही स्थानका ५० बर्सिया प्रेमबहादुर सुनुवारले खड्काको घरमै गएर कुटपिट गरेको थिए ।
कुटपिट गर्ने सुनुवार अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।