ताजा समाचार


डिसिसिएमसि रामेछाप द्धरा ज्येष्ठ ३ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय

 नेपाल बाहक    २६ बैशाख २०७८, आईतवार १७:०४     264 जनाले पढ़िसके

रामेछाप । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र रामेछापले ज्येष्ठ ३ गते सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गदै निषेधाज्ञा थप गरेको जानकारी गराएको हो ।
जिल्लामा दोस्रो भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको भन्दै रामेछापमा दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा आगमि ज्येष्ठ ३ गते राति १२ बजे सम्म लागु हुने सूचनामा जनाइएको छ । सो अवधिमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने जनाइएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न रोक लगाइएको छ भने एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन गर्न दिने सुचनामा उल्लेख छ ।
औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका , अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग भएका, निर्माण सामाग्री बोकेका, परिचयपत्र बोकेका , प्रेसपास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निणर्य भएको छ ।