रामेछाप । रामेछाप नगरपालिकाकि उप प्रमुख सिर्जना खड्का चढ्ने गाडिलाई एम्बुलेन्स बनाइएको छ । उपप्रमुख खड्का आफू चढ्ने बा २ झ ४४६३ नम्बरको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिनु भएको हो । खड्काले आइतबार एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराउनु भएको छ ।
रामेछाप नगरपालिका भित्र ५ वटा एम्बुलेन्स सञ्चालनमा रहे पनि सेवा प्रवाहमा कठिनाइ भएकाले आफ्नो प्रयोग गर्दै आएको गाडी नागकरीक सेवामा प्रयोग ल्याएको सुचनामा उल्लेख छ ।
गाडीलाई कोभिड मैत्री बनाइएको छ भने सिट र अक्सिजन सिलिन्डर को समेत व्यवस्था गरिएको छ ।