ताजा समाचार


निषेधाज्ञाको उल्लङ्घन गर्ने सवारी सहित दुई जना प्रहरी नियन्त्रणमा

 नेपाल बाहक    २७ बैशाख २०७८, सोमबार १३:५३     230 जनाले पढ़िसके

रामेछाप । लकडाउनको समयमा ओसारपसार गरेको अपरोपमा रामेछाप प्रहरीले यात्रु बाहक बस नियन्त्रणमा लिएको छ । रामेछाप प्रहरीले मन्थली नगरपालिका ११ का ४९ वर्षका मीन बहादुर थापा मगर र ओखलढुङ्गाको लिखु गाउँपालिकाका ३३ वर्षका जगदिस सुबेदीलाई पक्राउ गरेको हो ।

लकडाउनको बेला बनेपा, धुलिखेल, नेपालथोक,सित्खा, गोगनपानी, मुगिटार र मन्थली हुँदै खिम्ति, फर्पु, नमाडी, बेताली, रस्नालु ठोसे हुँदै प्रीति डाँडाखर्क र पुजारी गाउँ सम्मका यात्रीलाई बैकल्पिक राजमार्ग प्रयोग गरेर यात्रु ओसारप्रसार गर्ने बा। ५ ख २६३३ नम्बरको गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार राति १स् ४५ बजेको समयमा रामेछापको गोकुलगंगा २, स्युरानीबाट पुलहुँदै दोलखाको जिरी तर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको रामेछाप प्रहरीले जनाएको छ । पक्राउ पर्नेहररुलाई जिल्ला प्रशासन कार्यालय रामेछापमा बुझाइएको छ ।
उनीहरूलाई सङ्क्रमण ऐन २०२० अनुसार कारबाही हुने छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को उप दफा १ अनुसार अपहेलना गर्ने व्यक्ति उपर १ महिना कैद वा रु।१००।– सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।