ताजा समाचार


रामेछापका थप १२ जनामा कोरोना सङ्क्रमण : १४१ जनाको रिपोट आउन बाकिँ

 नेपाल बाहक    २७ बैशाख २०७८, सोमबार १७:५३     242 जनाले पढ़िसके

रामेछाप । रामेछापमा मङ्गलवार थप १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमण हुनेमा सुनपाति गाउँपालिका बाट स्वाब सङ्कलन गरिएका १० जना र जिल्ला अस्पतालमा एन्टिजिन परीक्षण गरिएका दुई जना रहेका छन् ।
सङ्क्रमित मध्ये ११ जना होम आइसोलेसनमा रहेका छन् भने एक जना रामेछाप अस्पतालको आइसोलेसनमा रहेका छन् । दोस्रो चरणमा रामेछापमा एक सय ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । त्यस्तै रामेछापमा एक सय ४१ जनाको स्वाब परीक्षणको रिपोट आउन बाकिँ रहेको छ ।