रामेछाप । कोरोना संक्रमणबाट रामेछापमा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी ५८ बर्षिय गोपिलाल तामाङ र उनका भाई ४७ बर्षिय सविलाल तामाङको रहेका छन् ।
उनिहरुको सोमबार महाराजगन्जको त्रिबि शिक्षण अस्पतालमा निधन भएको दोरम्बा गाउँपालिका वडा न. २ ले जारी गरेको शोक बिज्ञप्तिमा उल्लेख गरिएको छ ।