रामेछाप । रामेछापमा बुधवार मात्र ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकामा ६० जनाको स्वाब परिक्षण ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्थली नगरपालिकाका एक सय १६ जनामा परिक्षण गर्दा ५० जना र रामेछाप नगरपालिकामा ३१ जनाको स्वाव परिक्षण गर्दा ८ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
बुधबार थप भएका संगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय २२ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या एक सय ७९ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएके छ ।