दोलखा । दोलखाका थप ८५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार शुक्रवार एकै दिन ८५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
दोलखामा दुई सय दुई जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना सङ्क्रमण भएको हो । स्वास्थ्य कार्यालय दोलखाकाका अनुसार शुक्रवार थप भएका सँगै दोलखामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय १० पुगेको छ । शुक्रवार कोरोना सङ्क्रमण पुष्टि हुनेमा भिमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका,तामाकोसिगाउँपालिका,बैतेश्वर गाउँपालिका,गौरीशङ्कर गाउँपालिका र मेलुङ्ग गाउँपालिकाका नागरिक रहेका छन् ।