ताजा समाचार


जबरजस्ति करणि गरेको आरोपमा दुई जना पक्राउ

 नेपाल बाहक    ३१ बैशाख २०७८, शुक्रबार १८:३८     758 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले बलत्कारको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले १६ बर्षको किसोरीलाई बलत्कार गरेको अरोपमा मन्थली नगरपालिका ६ का ३१ बर्षका मोहन श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । श्रेष्ठले बैशाख २७ गते दिउँसो १ बजे सोहि स्थानकि १६ बर्ष बालिकलाई बलत्कार गरेको रामेछाप प्रहरीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै रामेछाप प्रहरीले १४ बर्षकि बालिकालाई बलत्कार गरेको आरोपमा मन्थली नगरपालिका १३ का २२ बर्षका राम बहादुर सुनारलाई समेत पक्राउ गरेको छ । सुनारले बैशाख २७ र २८ गते साझँ सात बजे सोहि स्थान बालिकालाई बलत्कार गरेको रामेछाप प्रहरीको आरोप छ । सुनारले बालिकालाई कसैलाई भने ज्यान मार्ने धम्कि दिदै पटक पटक बलत्कार गरेका थिए ।
बलत्कार आरोपित दुबै जनालाई रामेछाप प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।