रामेछाप । कोरोना रोकथाम तथा नियन्त्रकमा सावधानी अपनाउन रामेछापका नागरिक समाजले माग गरेका छन् । कोरोना सङ्क्रमणबाट रामेछापका ५ जनाको निधन हुँदा समेत सावधानी नअपनाएको भन्दै मानव अधिकारी संरक्षण सञ्जाल रामेछापले शुक्रवार ध्यानाकर्षण पत्र जारी गदै सो माग गरेको हो ।
मानव अधिकार संरक्षण संन्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले हस्ताक्षर गर्नु भएको ध्यानाकर्षण पत्रमा जुन रूपमा तयारी हुनु पर्ने त्यो नभएको उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा रामेछापमा महामारी बढ्दै गएको तथा गम्भीर प्रकृतिका बिरामी समेत देखिन लागेको र सङ्क्रमितको ज्यान जाने क्रम समेत सुरु भइसकेको अवस्थामा हालसम्म एउटा पनि आइसियु तथा भेन्टिलेटर नभएकोले त्यसको तत्काल व्यवस्थापन गर्न गर्न माग गरिएको छ ।
त्यस्तै मन्थलीमा तत्काल अक्सिजन सहितको २०० जना सम्म मानिसलाई राख्न सक्ने आइसोलेसन कक्ष स्थापना गर्न समेत माग गरिएको छ ।
सञ्जालले खुल्ला रूपमा मानिस हिँडेको पाइएकोले उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र परीक्षणको दायरा बढाउन माग गरेको छ ।