ताजा समाचार


कोरोना सङ्क्रमणबाट रामेछापमा थप एक पुरुषको निधन : मृतकको सङ्ख्या दुई पुग्यो

 नेपाल बाहक    १ जेष्ठ २०७८, शनिबार १६:१०     367 जनाले पढ़िसके

रामेछाप । कोरोना सङ्क्रमणबाट रामेछापमा थप एक जनाको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार मृत्यु हुनेमा लिखुतामाकोसि गाउँपालिका १ का ५३ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारको क्रममा आज दिउसो २:३० बजे रामेछाप अस्पतालमा निधन भएको प्रमुख कर्णले जानकारी दिनु भयो । कोरोना सङ्क्रमणबाट वैशाख ३० गते पहिलो पटक सुनपाति गाउँपालिकाका ६५ वर्षका एक जना पुरुषको निधन भएको थियो । यो सँगै रामेछापमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।