ताजा समाचार


उदयपुरमा कोरोनाबाट शनिवार थप पाँच जनाको ज्यान गयो, ६८ जना सङ्क्रमित थपिए

 नेपाल बाहक    ८ जेष्ठ २०७८, शनिबार १९:००     291 जनाले पढ़िसके

रामेछाप । उदयपुरमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको ज्यान गएको छ । शनिवार कोरोना सङ्क्रमित पाँच जना पुरुषको ज्यान गएसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुइँटेलले बताउनुभयो । यस्तै, थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिवार ३८ जना महिला र ३० जना पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत लुइँटेलले बताउनुभयो । योसँगै त्रियुगा नगरपालिकामा २७४ जना, चौदण्डीगढी नगरपालिकामा ८१ जना, बेलका नगरपालिकामा ७५ जना, कटारी नगरपालिकामा ४४ जना, उदयुरगढी गाउँपालिकामा २५ जना, लिम्चुङबुङ गाउँपालिकामा २३ जना, रौतामाई गाउँपालिकामा २१ जना र ताप्ली गाउँपालिकामा एक जना गरी जम्मा ५४४ जना सक्रीय सङ्क्रमितको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिवार २४ जना डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या ८८ पुगको छ । गत वैशाखदेखि हालसम्मको अवधिमा ६५६ जनामा कोरोना पुष्टि भएको उहाँको भनाई छ ।