ताजा समाचार


गणतन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १२ कैदीँबन्दीको कैद मिनाहा

 नेपाल बाहक    १५ जेष्ठ २०७८, शनिबार १७:०८     568 जनाले पढ़िसके

रामेछाप । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागारमा कैदि भुक्तान गरिरहेका १२ जनाको कैद मिनाह गरीएको छ । गणतन्त्र दिवशको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिका र राम्रो चालचनल भएका १२ कैदिको कैद मिनाह गरीएको जिल्ला कारागार रामेछापले जनाएको छ ।
रामेछाप कारागारमा रही कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १२ जना कैदी बन्दीहरुको बाँकी कैद अवधि मिनाहा दिन कारागार कार्यालय रामेछापले गरेको सिफारिसको आधारमा कैदीबन्दीहरुले मिनाहा पाएका र उनीहरु कैद मुक्त भएका हुन् ।
जिल्ला कारागार रामेछापका जेलर रामकृष्ण घिमिरेका अनुसार कर्तव्य ज्यान मुद्दाका सात जना,साधारण चोरी मुद्दाका एक जना, ज्यान मार्ने उद्योगका एक जना, सवारी ज्यान मुद्दाका एक जना, नकबजनी चोरी मुद्दाका एक जना र बहु विवाह मुद्दाका एक जनाले कारागार कार्यालयको सिफारिसका आधारमा बाँकी कैद सजाय छुट पाएका छन् ।