ताजा समाचार

१३ हजार ६ स्थानमा निशुल्क इन्टरनेट जडान

 नेपाल बाहक    १७ जेष्ठ २०७८, सोमबार १६:१०     105 जनाले पढ़िसके

काठमाडौं । नेपालमा १३ हजार ६ सय स्थानमा निशुल्क इन्टरनेट जडान गरीएको छ । करिब १६ हजार त्यस्ता केन्द्रहरुमा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने योजना अनुसार अघि बढाइएको परियोजना अन्तर्गत वैशाखसम्म १३ हजार ७ सय केन्द्रहरुमा जडान भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
यो परियोजना अन्तर्गत स्थानिय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने कार्यक्रम राखिएको छ
प्राधिकरणका अनुसार बैशाखसम्म ६३१ स्थानिय निकायको कार्यालयमा इन्टरनेट जडान भइसकेको छ । त्यस्तै ५ हजार ६७ वडा कार्यालय, ३ हजार ५ सय ६५ स्वास्थ्य संस्था र ४ हजार ४३७ माध्यमिक विद्यालयमा इन्टरनेड जडान सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।