ताजा समाचार


बेलायतमा कोरोना संक्रमणको दर फेरी बढ्यो

 नेपाल बाहक    २२ जेष्ठ २०७८, शनिबार १३:०२     233 जनाले पढ़िसके

एजेन्सी । बेलायतमा कोरोना संक्रमणको दर पुन : बढेको छ । बिबिसिका अनुसार सङ्क्रमितको संख्या झण्डै दुई तिहाइले बढेको छ । गएको मे महिनाको अन्त्यतिर झण्डै एक लाख जनामा सङ्क्रमण पाइएको छ । यसअघिको हप्तामा ६० हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।
बिबिसिका अनुसार बेलायतमा एकै दिन ६ हजार २ सय ७८ नयाँ बिरामी देखिएको छ । यसमध्ये ९ सय ५४ जना अस्पतालमा भर्ना भएका थिए भने ११ जनाको ज्यान गएको थियो । बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिरहेको पाइएको छ ।