ताजा समाचार


हप्ताको पहिलो दिन नेप्से परिसुचक ५० अङ्कले बढ्यो

 नेपाल बाहक    २३ जेष्ठ २०७८, आईतवार १५:५४     439 जनाले पढ़िसके

काठमाण्डौ – नेप्से परिसुचक आइतबार ५० अङ्कल बढेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अङ्कले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो ।
आज बैंकिङ समूहको शेयर ६९ दशमलव ८५ अङ्कले बढेको छ । यस्तै विकास बैंकको शेयर ९६ अङ्कले, फानाइनान्सको २८ अङ्कले, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चार÷चार अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको शेयर भने घटेको छ ।