ताजा समाचार

मंगलबारबाट रामेछापमा कोरोना बिरुद्धको भेरो सेल खोप लगाइने

 नेपाल बाहक    २४ जेष्ठ २०७८, सोमबार १७:१५     141 जनाले पढ़िसके

रामेछाप । मंगलबारबाट रामेछापमा कोरोना बिरुद्धको भेरो सेल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार ६२ बर्ष देखि ६४ बर्षका नागरीकलाई भेरो सेल खोप लगाइने छ ।
कोरोना बिरुद्धको खोप लगाउन जादाँ लक्षित समूहको व्यक्तिहरुले परिचय पत्र खुल्ने कागज लैजानु पर्ने छ भने बिमारिको प्रमाण पुजा समेत लिएर आउन स्वास्थ्य कार्यालय रामेछापले अनुरोध गरेको छ ।
सुचनामा जेष्ठ २५ र २६ गते रामेछाप नगरपालिकामा र जेष्ठ २६ र २७ गते मन्थली नगरपालिका, उमाकुण्ड,गोकुलगंगा,लिखुतामाकोसी ,शैलुङ्गदोरम्बा,सुनापाती र खाडाँदेवी गाउँपालिकाको खोप केन्द्रमा भेरो सेल खोप लगाइने उल्लेख छ ।
चिनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन केहि समय अघि नेपालमा ल्याएको थियो । भेरो सेल खोप नेपाल, अर्जेन्टिना, पेरु, इजिप्ट, मोरक्को लगायतका १० वटा देशमा प्रयोग भइसकेको छ  ।
नेपालमा पनि औषधि व्यवस्था विभागले अनुमति दिए सँगै चीन सरकारले अनुदानमा दिएको १० लाख मध्ये नौँ लाख डोज भ्याक्सिन केहि समय अघि नेपाल आइपुगेको थियो ।