ताजा समाचार

आइतवार सम्ममा रामेछापका १५ सय भन्दा बढि कोरोना संक्रमित कोरोना मुक्त

 नेपाल बाहक    ३० जेष्ठ २०७८, आईतवार १४:१८     96 जनाले पढ़िसके

रामेछाप । रामेछापमा आइतबार एक सय २६ जना कोरोना संक्रमित कोरोना मुक्त भएको छन् । यो संख्या सहित रामेछापमा कोरोना संक्रमण हुनेको संख्या १५ सय १४ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार आइतबार कोरोना मुक्त हुनेमा जिल्ला अस्पताल रामेछापका १ जना, मन्थली नगरपालिकाका ३९ जना, रामेछाप नगरपालिकाका ४४ जना रहेका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकाका ३५ जना, खाडादेबि गाउँपालिकाका १ जना, गोकुलगंगा गाउँपालिकाका २ जना, लिखुतामाकोसि गाउँपालिकाका ३ जना र तामाकोसि अस्पतालका १ जना रहेका छन् ।
त्यस्तै आइतबार रामेछापमा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पिसिआर बिधिबाट परिक्षण गर्दा ९ जना र ऐन्टिजेन बिधिबाट परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सहित रामेछापमा कोरोना संक्रमण हुनेको संख्या १७ सय ९८ पुगेको छ । जसमा १५ सय १४ निको भएका छन् भने हाल रामेछापमा २ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।