ताजा समाचार


युरोकपमा आज तीनखेल हुदैँ

 नेपाल बाहक    ३१ जेष्ठ २०७८, सोमबार १५:३४     319 जनाले पढ़िसके

काठमाडौं । युरोकपक १६औं संस्करणमा आज पनि तीन खेल हुँदैछन् । आज समूह डी को एक तथा समूह ई को दुई खेल हुनेछन् ।
पहिलो खेलमा समूह डी मा रहेका चेक रिपब्लिक र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा सुरु हुनेछ ।
यस्तै समूह ई अन्तर्गत राति दुई खेल हुनेछन् । पोल्याण्ड र स्लोभाकियाबीचको राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

समूह ई कै अर्को खेलमा सर्वाधिक तीन पटकको च्याम्पियन स्पेनले स्वीडेनसँग खेल्नेछ । खेल राति १२ः४५ बजे स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा सुरु हुनेछ ।