ताजा समाचार

रामेछापका स्थानिय सरकारलाई अनेरास्ववियुको ७ बुद्धे माग सहित ध्यानाकर्षण

 नेपाल बाहक    ३१ जेष्ठ २०७८, सोमबार १६:५७     34 जनाले पढ़िसके

रामेछाप । अनेरास्ववियु रामेछापले रामेछापका आठ वटै स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्वविय रामेछापले सोमबार बिभिन्न ७ वटा माग राख्दै रामेछापका सबै स्थानिय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको अनेरास्वविय रामेछापका सचिब पुस्कर भट्राइले जनाकारी दिनु भयो ।
लामो समयदेखि नियमित पठन पाठन हुन नसक्दा ग्रामिण भेगमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य नै अन्धकार तर्फ गइरहेको भन्दै अनेरास्ववियुले ध्यानाकषर्ण पत्र बुझाएको हो । अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा आ.व. २०७८÷०७९ को बजेटमा शैक्षिक क्षेत्रमा सकारात्मक सुधारका लागि ७ वडा बुद्धे माग राख्दै ध्यानाआकषर्ण पत्र बुझाएको सचिब भट्राइले जानकारी दिनु भयो ।
अनेरास्वविय रामेछापका संयोजक टंक घतानिले हस्ताक्षर गर्नु भएको पत्रमा निशुल्क कोचिङ कक्षा सन्चालन गर्न माग गरिएको छ । भने अनिवार्य महिनाको दुई पटक सबै बिद्यार्थिको स्वास्थ्य परिक्षण गर्न समेत माग गरीएको छ ।
ध्यानाकर्षण पत्रमा एसईईमा उत्कृष्ट हुने कम्तिमा ५ जना बिद्यार्थिलाई निशुल्क प्रबिधिक शिक्षा अध्ययन गराउन, एक बिद्यालय एक पुस्तकलयको ब्यवस्था गराउन, बिद्यालयमा अपाङ्ग, असहायमैत्री कक्षा सञ्चालन गर्न, व्यवसायिक तथा प्राविधिक शिक्षा मा.वि. तहदेखि सबै विद्यालयहरुमा आवश्यक निति निर्माण गरी तत्काल लागु गर्न र साना व्यवसाय सञ्चालनको लागि शैक्षिक प्रमाण पत्र धितो राखी ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
त्यस्तै कोभिड–१९ को कारण विश्व समुदाय नै कष्टकर जीवनयापन गर्न बाध्य भएको कुरा उल्लेख गद कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गर्न चाहन्छौं भनिएको छ । ध्यानाकर्षण पत्रमा कोरोना संक्रमण हुनेको स्वास्थ्थ लाभको कामना गदै यस महामारीको विरुद्ध अग्रपंक्तिमा रही सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, शब–वहान र एम्बुलेन्स चालक लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गछौ समेत भनिएको छ ।