ताजा समाचार

नेपाल सरकारलाई विश्व बैंकको १७ अर्ब ७८ करोड ऋण सहायता

 नेपाल बाहक    ३ असार २०७८, बिहीबार १६:०१     37 जनाले पढ़िसके

काठमान्डौँ । नेपाल सरकारलाई बिश्व बैंकले ऋण सहायता गर्ने भएको छ । बिश्व बैकले नेपाल सरकारलाई १७ अर्ब ७८ करोड रुपौयाँ ऋण सहायता दिने भएको हो ।
नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि विश्व बैकले कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित समस्याको पुनर्उत्थानका लागि सो रकम दिन लागेको हो । बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले कोभिडबाट सिर्जित समस्या समाधानका लागि सहयोग गर्न बैंक तयार रहेको र यसबाट सामाजिक र आर्थिक अवस्था उकास्नका लागि सहज हुने बताउनु भएको छ ।
कोभिड महामारीबाट सामाजिक एवम् आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु बैंकको प्राथमिकता भएको उहाँको भनाइ छ ।