ताजा समाचार


चीनको फलाम खानीमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु

 नेपाल बाहक    ३ असार २०७८, बिहीबार १६:३७     282 जनाले पढ़िसके

एजेन्सी । चीनको फलाम खानीमा दुघटना हुदाँ ११ जना मजदुरको ज्यान गएको छ । बिबिसिका अनुसार चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना भएको थियो ।
बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको बिबिसिले समचारमा उल्लेख गरेको छ । आज बिहान फलाम खानीको एउटा कुवामा पानी पसेको जनाइएको छ ।
यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ ।