ताजा समाचार

पेरूमा बस दुर्घटना हुदाँ कम्तिमा २७ ब्यक्तिको मृत्यु

 नेपाल बाहक    ५ असार २०७८, शनिबार १५:२६     36 जनाले पढ़िसके

एजेन्सि । अमेरिकी मुलुक पेरूमा बस दुर्घटना हुदाँ कम्तिमा २७ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकाको याकुचोमा शुक्रवार एउटा बस दुर्घटना भएको बिबिसिले जनाएको छ ।
घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।
दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा ग्र्य घाइतेहरूलाई उद्धार गरी नजिकैको नास्काको अस्पताल लगिएको छ । पेरुको प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।