ताजा समाचार

मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्थली अस्पतालमा स्तरोन्नति गरिने

 नेपाल बाहक    ७ असार २०७८, सोमबार १५:०७     72 जनाले पढ़िसके

रामेछाप । मन्थली प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्तरोन्नति गरिने भएको छ । मन्थली नगर कार्यपालिकाको ४८ औ बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाको बैठकले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरी मन्थली अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै कार्यपालिकाको बैठकले मन्थली नगरपालिकाका चार स्थानमा हेलिप्याड बनाउने भएको छ । नगरपालिकाले सम्भावित विपद्बाट पीडित नागरिकको तत्काल व्यवस्थापनका लागि सबै वडालाई पायक पर्ने गर होल्डिङ सेन्टर बनाएर सञ्चालन गर्ने निर्णय पनि भएको मन्थली नगरपालिकाले जनाएको छ ।