ताजा समाचार


मन्थली नगरपालिकाको आगामि आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक

 नेपाल बाहक    ११ असार २०७८, शुक्रबार ११:३७     429 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मन्थली नगरपालिकाले आगमि वर्षको लािग एक अर्ब ७ करोड ५ लाख ३८ हजार ८ सय ७२ रुपैँयाको बजेट सार्वजनिक गरेको हो । मन्थली नगरपालिकाको ९ औ नगर सभामा उपप्रमुख माया कार्कीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको बिहीबार पत्रकार सम्मलेन गरी जनाकारी गराइएको थियो । पत्रकार सम्मेलनमा नगरपालिकाले कृषिको लागि एक करोड ४० लाख, पशु विकासको लागि एक करोड ५० लाख, शिक्षा तथा खेलकुद क्षेत्रका कार्यक्रमका लागि ३ करोड २२ लाख बजेट बिनियोजन गरेको जानकारी गराइएको थियो ।

त्यस्तै नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि २ करोड ८२ लाख, लक्षित वर्गका र्कायक्रमका लागि ६० लाख, पूर्वधार विकासको लागि १२ करोड ५० लाख, योजना अनुगमन , सार्वजनिक सेवा प्रवाह तथा क्षमता बिकासका लागि नगरपालिकाले ४० लाख बजेट बिनियोज गरेको छ । नगरपालिकाले वातावरण तथा विपत् ब्यवस्थापनको लागि ५० लाख विनियोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नगरपालिकाको कूल बजेट मध्ये आन्तरिक चालु तर्फ १० करोड ६६ लाख ४ हजार, सशर्त तर्फ ५७ करोड ९१ लाख ६४ हजार, सशर्त र निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पूँजीगत समेतको लागि ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ बिनियोजन गरिएको छ ।

नगरपालिकाले नेपाल सरकार बाट प्राप्तहुने संघिय वित्तिय समिकरण मार्फत २० करोड ३० लाख, प्रदेश वित्तिय समिकरण मार्फत १ करोड ८२ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफडँ ९सवारी साधन कर० ४ करोड १२ लाख १८ हजार ८ सय ७२, राजश्व बाँडफाडँ संघबाट १० करोड ६६ लाख ४ हजार, संकलन हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै गरी नगरपालिकाले आन्तरिक स्रोत मार्फत ३ करोड २० लाख, सशर्त अनुदान संघबाट ३८ करोड २७ लाख, सशर्त अनुदान प्रदेश बाट २ करोड ४९ लाख ६४ हजार, संघ विशेष अनुदान मार्फत ८३ लाख, प्रदेश समपुरक कोष मार्फत ३ करोड, प्रदेश विशेष अनुदान मार्फत ६० लाख, सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता १७ करोड, गरिबसँग विशेश्वर कार्यक्रमको लागि ५ लाख, फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना मार्फत १० लाख , संचित कोष मार्फत ५ करोड १० लाख संकलन हुने प्रक्षेपण गरेको छ ।