ताजा समाचार

साइबर सुरक्षाको क्षेत्रमा नेपालको सुधार : १५ स्थानमाथि उक्लियो

 नेपाल बाहक    १८ असार २०७८, शुक्रबार १५:०७     146 जनाले पढ़िसके

काठमान्डौँ । साइबर सुरक्षाको क्षेत्रमा नेपालले सुधार गरेको छ । नेपालले बिश्व साइवार सुरक्षाको क्षेत्रमा सुधार गदैँ १५ स्थानमाथि उक्लिन सफल भएको जनाइएको छ ।
केहि समय अगागि सार्वजनिक भएको ‘ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स’मा नेपालले साइवार सुरक्षा सुधार गरेको उल्लेख छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स रिपोर्ट २०२० अनुसार अध्ययनमा समेटिएका कूल १ सय ९४ देशमध्ये नेपाल ९४ स्थानमा रहन सफल भएको छ । यसअघि सन् २०१८ मा सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १०९ स्थानमा थियो
प्रतिवेदन अनुसार नेपालले ग्लोबल साइबर सेक्युरिटीका विभिन्न क्षेत्र गरी कूल ४४.९९ अंक हासिल गरेको छ । कानूनी व्यवस्था, प्राविधिक, संगठनात्मक आधार, क्षमता विस्तार र कर्पोरसन गरी पाँच क्षत्रेलाई आधार मानेर यो अध्ययन गरिएको थियो ।