ताजा समाचार

रामेछापमा महिला हिंसाका घटना बढी रहेको जिल्ला न्यायाधिवक्ता शर्माको भनार्ई

 नेपाल बाहक    २१ असार २०७८, सोमबार १८:०८     390 जनाले पढ़िसके

 

रामेछाप । रामेछापका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले जिल्लामा महिला हिंसाका घटना बढी रहेको बताउनु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा सोमबार मानवअधिकारकर्मी र पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्मा सो विषयको जनाकारी दिनु भएको हो ।

रामेछाप जिल्लामा आर्थिक वर्ष २०७७÷७८ को ज्येष्ठ मसान्त सम्म एक सय ३ वटा महिला हिंसाका घटना भएका कार्यक्रममा जानकारी गराइएको थियो । न्यायाधिवक्ता शर्माका अनुसार ज्येष्ठ मसान्त सम्म बहुविवाहका ३ वटा, बोक्सि आरोपका २ वटा, हातहतियार सम्बन्धी १ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै गरी रामेछापका चालु आर्थिक वर्षमा कर्तव्य ज्यान सम्बन्धी २ वटा, ज्यान मार्ने उद्योगमा ७ वटा, गर्भपतनका २ वटा, कुटपिट गरी अङ्गभङ्ग सम्बन्धी १ वटा, बलात्कारका १९ वटा, करणी उद्योगका ५ वटा, बाल यौन दुरुपयोगका २ वटा मुद्दा दर्ता भएका छन् ।
शर्माका अनुसार रामेछापमा साधारण चारीका ६, नकबजनी चोरीका ३ , डाँकाका २, ठगिको २ , आपराधिक उपद्रव ३, गाई कुट्ने १, लागु औषध १, सवारी ज्यान ५ , सवारी अङ्गभङ्ग १ र अभद्र व्यवहार सम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका थिए । जस मध्ये ८७ मुद्दाको फैसला भएका छ । भने अन्य मुद्दा बिचारधिन रहेको कार्यक्रम जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै न्यायाधिवक्ता शर्माले सरकारी वकिलको काम सधैँ मानव अधिकार सँग सम्बन्धित हुने समेत बताउनु भएको थियो । कार्यक्रममा उहाँले सरकारी वकिल सधैँ न्यायको पक्ष रहने समेत बताउनु भयो । कार्यक्रममा उहाँले अपराध नियन्त्रणमा समुदायको भूमिका रहने समेत बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा उहाँले अपराधीको संरक्षण नगर्न समेत अनुरोध गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले प्रहरीले पक्राउ गर्नुको कारण खुलाएर मात्र पक्राउ गर्ने बताउनु भएको थियो । उहाँले हिरासतमा रहनेको लागि प्रहरीले पुस्तक तथा टेलिभिजनको व्यवस्था गरेको समेत जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै डिएसपी ढुङ्गानाले प्रहरीले कार्य सम्पादन गर्दा मानव अधिकारको सम्मान गदै गर्ने गरेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्मा, रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गाना , मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक तथा अधिवक्ता पाण्डव प्रसाईँ,पत्रकार तथा मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।