ताजा समाचार

युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन

 नेपाल बाहक    २४ असार २०७८, बिहीबार १५:५८     75 जनाले पढ़िसके

काठमान्डौँ । युनियन लाइफले ६४ लाख ५० हजार कित्ता कित्ता आइपिओ निष्कासन गरेको छ ।
कम्पनिले बिहिबार सर्वसाधारणका लागि ५८ लाख पाँच हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले अहिले कायम जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत शेयर बराबर तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका निष्कासन गरेको हो ।
आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् ।