ताजा समाचार

रामेछापका थप २२ जनामा कोरोना संक्रमणको पुष्टि : संक्रमितको संख्या २३ सय भन्दा माथि पुग्यो

 नेपाल बाहक    २८ असार २०७८, सोमबार १७:०५     19 जनाले पढ़िसके

रामेछाप । पछिल्लो २४ घण्टामा रामेछापका २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार ४८ जनाको ऐन्टिजेन बिधिबाट परिक्षण गर्दा २२ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
आज थप भएका सहित रामेछापमा कोरोना संक्रमण हुनेको संख्या २३ सय ४० जना पुगेको छ । भने संक्रमित मध्ये २१ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हाल सम्म रामेछापमा कोरोना संक्रमणका कारण २० जनाको ज्यान गएकोे छ । त्यस्तै रामेछापमा हाल एक सय ५३ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।