ताजा समाचार


इराकको कोभिड अस्पतालमा आगोलागि हुदाँ ५० जनाको ज्यान गयो

 नेपाल बाहक    २९ असार २०७८, मंगलवार १२:२१     319 जनाले पढ़िसके

काठमान्डौँ । इराकको एक अस्पतालमा आगोलागि हुदाँ ५० जनाको ज्यान गएको छ । इराकि सन्चार मध्यमका अनुसार इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालमा आगोलागि भएको हो ।
आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ । उक्त अस्पतालको कोरोना संक्रमितको उपचार भइरहेको थियो ।
समचारमा इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिनु भएको समेत उल्लेख छ ।