ताजा समाचार

रोकेर राखेको ट्क्याटरको स्टेरिङ चलाउदा दुई बालक घाईते

 नेपाल बाहक    २ श्रावण २०७८, शनिबार १२:४३     13 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका वडा नं ३ मा रोकेर राखेको ट्क्याटर चलाउदा दुई बालक घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका ३ का ९ वर्षीय रामचन्द्री खत्री र १२ वर्षीय लक्ष्मण खत्री घाइते भएका हुन् ।
बाख्रा चराउन गएका बालकहरुले रोकेर राखेको ना ६ त ५५६० खाली ट्याक्टरको स्टेरिङ चलाएका थियो । स्टेरिङ चालए पछि ट्क्याटर एक्कसी गुडेर करिब २ सय ५० मिटर तल खसेको रामेछाप प्रहरीले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रहरीका अनुसार ९ बर्षका रामचन्द्रको अपरेसन गरि अहिले आइसियूमा उपचार भैरहेको छ । उनलाई शरिरको विभिन्न भागमा भित्रि चोट लागेको छ । त्यस्तै लक्ष्मण खत्रीको बाहिरी र भित्री दुबै चोट लागेको छ ।
उनिहरुको तामाकोसी अस्पतालमा सामन्य उपचार पछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।