ताजा समाचार


अविरल वर्षा पछि फुलासीमा पहिरो : १९ परिवारलाई स्थानान्तरण

 नेपाल बाहक    ५ श्रावण २०७८, मंगलवार १६:५६     253 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाको फुलासीमा पहिरो जाँदा २ घरमा क्षति भएको छ । सोमबार राति परेको अविरल वर्षा पछि पहिरो जाँदा १७ घरमा जोखिममा रहेको रामेछाप प्रहरी प्रवक्ता श्री शंकर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार पहिरोले मन्थली नगरपालिका १३ फुलासिका परमेश्वरी भुजेल घरमा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै पहिरोका कारण सोही स्थानका गोपाल घर्तीको भूकम्प प्रतिरोधी घर र गोठमा पूर्ण क्षति भएको छ भने ११ वटा बाख्रा, १ वटा बङ्गुर, ३ वटा भैसि २ वटा गोरु समेत घाइते भएको प्रवक्ता श्रेष्ठले जनाकारी दिनु भयो ।

पाहि रोका कारण जोखिम रहेका १७ परिबार र पहिरोले क्षति गराएको २ परिवार लाई आफन्तकोमा स्थानान्तरण गरिएको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पहिरोका कारण ११ लाख बरावरको क्षति भएको छ ।