ताजा समाचार


रामेछाप प्रहरीद्धरा फरार अभियुत्त पक्राउ

 नेपाल बाहक    ८ श्रावण २०७८, शुक्रबार १४:२९     149 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले ६ बर्ष देखि फरार अभियुत्तलाई पक्राउ गरेको छ ।
बलत्कार मुदामा सजाय तोकिएका सिन्धुपाल्चोक जिल्लाका २७ बर्षका टसी बिकलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो । उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० बर्ष कैद सजाय सुनाएको थियो ।
उनलाई सिन्धुपाल्चोक प्रहरीको सुचनाको आधरमा शुक्रबार रामेछाप प्रहरीले मन्थली नगरपालिकाको भलुवाजोर बाट पक्राउ गरेको हो । उनि आफ्नो नाम समेत परिर्वतन गरी लुकिछिपि बस्दै आएको रामेछाप प्रहरी प्रबक्ता सन्तोष श्रेष्ठले जानकारी दिनु भयो ।
प्रबक्ता श्रेष्ठका अनुसार उनि रामेछापको मन्थली नगरपालिका १ स्थित एक ग्रिल उद्योगमा काम गदैँ आएका थिए ।