ताजा समाचार


रामेछापमा पटक पटक बिद्युत अवरुद्ध भए पछि स्थानियले घेरे प्रधिकरण

 नेपाल बाहक    १० श्रावण २०७८, आईतवार १७:०३     303 जनाले पढ़िसके

रामेछाप । विद्युत प्रसारण सेवा दैनिक पटक पटक अवरुद्ध भए पछि रामेछापका उपभोक्ताले नेपाल बिद्युत प्राधिकरण रामेछाप बितरण केन्द्र मन्थलीको कार्यालय घेरेका छन् ।
रामेछापको बिद्युत प्रसारणमा दैनिक कटैति भएको भन्दै आइतबार स्थानियले घेराउ गरेका हुन् । स्थानियले नेपाल बिद्युत प्राधिकारण रामेछाप बितरण केन्द्र मन्थलीको कार्यालयमा गएर घेराउ गरेका हुन् । उनिहरुले बिहान ११ बजे प्रधिकरणको कार्यलय घेराउ गरेका हुन् ।
यसरी बिद्युत बारम्बार आउने जाने गर्दा बिद्युतिय उपकरणमा क्षेति भएको मन्थली नगरपालिका १ का यम बहादुर बुढाथोकिको गुनासो थियो । उनका अनुसार बल्ब जल्ने, फ्रिज, एसि जस्ता बिद्युतिय उपकरण चाडै बिग्रने समस्या आएको छ । त्यति मात्रै नभई अहिले बिद्यार्थिहरुको अनलाइन क्लास चलिरहेको कारण बत्ति आउने जाने गर्दा समस्या भएको बुढाथोकिको गुनासो थियो ।
बारम्बार विद्युत आउने जाने गर्दा विद्युतबाट सञ्चालन हुने उद्योग कारखानाको काम प्रभावित भएको तथा सरकारी कार्यालय, वित्तिय संस्था र अन्य निकायबाट अनलाइन मार्फत लिनु पर्ने सेवा समेत प्रभावित भएको स्थानियको गुनासो थियो ।
स्थानीय उपभोक्ता समेत रहनु भएका नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले एसी, फ्रिज लगायतका उपकरण जलेको, विद्युत प्रसारणमा अनियमित भएको बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा समेत गुनासो सुनुवाइ नभएको बताउनु भयो ।
कोभिड संक्रमणको बेलामा समेत जरिवाना लगाएर रकम असुल गरेको भन्दै स्थानिय आक्रोसित भएका थिए । सरकारले गरेको निर्णय विपरित प्राधिकरणले जरिवाना लगाएर रकम लिएको भन्दै उभोक्ताले आक्रोस पोखेका हुन् ।
त्यस पछि प्राधिकणको केन्द्रमा सम्पर्क गर्न लगाई कुरा गर्दा निषेधाज्ञा अवधिको महशुलमा जरिवाना नलाग्ने, यदि जरिवानाको रकम तिरेको भए अर्को महिनाको बिलमा मिलाउने निर्णय भएको जानकारी गराइएको कार्कीले बताउनुभयो । वितरण केन्द्रले रामेछापमा देखिएको समस्या समाधानको लागि तत्काल प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

यता नेपाल बिद्युत प्राधिकरण रामेछाप बितरण केन्द्र मन्थलीका प्रमुख कृष्णहरि दाहाल केही दिन यता विद्युत प्रवाह समस्या देखिएको भन्दै त्यसको समाधान गर्न लागिरहेको बताए । ढल्केबहरको ट्रान्समिटरमा समस्या आएको कारण दोलखाबाट आउने लाइन जोडिएको र सो लाइनमा बारम्बार समस्या आएको उहाँले बताउनुभयो ।