ताजा समाचार

रामेछापको शैलुङ्गमै फल्यो कश्मीरे स्याउ

 नेपाल बाहक    १२ श्रावण २०७८, मंगलवार ०८:२२     46 जनाले पढ़िसके

रामेछाप । समुद्रि सतहबाट ३१४८ मिटर अग्लो स्थानमा रहेको शैलुङ्गमा कश्मीरे स्याउको उत्पादन सुरु भएको छ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका १ डडुवा क्षेत्रमा स्याउ फल्न सुरु भए पछि कृषकहरु उत्साहित भएका छन् ।
कृषक दावासङ्बु शेर्पाका अनुसार नेपालमै पहिलो पटक कश्मीरे जातको स्याउको उत्पादन सुरु भएको हो । डडुवाका १० जनाले करीब ८०० बोट कश्मीरे स्याउ रोपेका थिए । यसको उत्पादन पनि राम्रो भएको शेर्पाले बताउनु भयो ।
उत्तरी भेगमा यस स्याउको उत्पादन राम्रा भएको कृषकहरुको अनुभव रहेको छ । उनिहरुको अनुसार यसको लागि मध्यम खालको हावापानिको भएको स्थानमा यसको उत्पादन सारै राम्रो रहेको छ ।
मन्थलीको गर्मि छल्न शैलुङ्ग गएका मन्थली नगरपालिका १ का रामचन्द्र बुढाथोकिलाई पनि यो स्याउ स्वादिलो लागेको थियो । अन्य स्याउको तुलनमा कश्मीरे स्याउको स्वादमा एक दमै आर्गानिक रहेको उहाँको अनुभव थियो ।
भुटनामा सोहि क्षेत्रमा रोजगारीको लागि पुगेको स्थानिय युवाले नेपाल फर्किय पनि कश्मिर स्याउको खेति गरेका थिए । प्रति ब्यक्ति ४ लाख रुपैँया लगानिमा स्याउ खेति सुरु गरीएको नवाङ शेर्पाले बताउनु भयो । स्याउ परिक्षण अवस्थामै राम्रो उत्पादन भएकाले यसलाई व्यवसायिक करण गदै लैजाने योजना रहेको शेर्पा बताउनु हुन्छ ।
यसले शैलुङ्ग बिकासमा समेत टेवा पुग्ने उनिहरुले बिश्वास लिएका छन् । जिल्ला बाहिर समेत कश्मीरे स्याउको बिरुवा निर्यात सुरु भएको छ । कश्मीरे स्याउको बिरुवका भातरको दार्जेलिङ, नेपाल भित्रै पनि सिन्धुपाल्चोक, दोलखा,काठमान्डौ, गोरखा लगाएका जिल्लामा निर्यात भएको कृषक दावासङ्बु शेर्पाले बताउनु भयो ।
कश्मीरे स्याउको मुल्य अहिले जिल्लमै १५० प्रति केजि बिक्रि भइरहेको छ । शैलुङ्ग क्षेत्रमा फलेका स्याउको बजारमा छुट्टै महत्व रहेकाले यो क्षेत्रमा कश्मीरे जातको स्याउको खेती प्रति यहाँका किसानको आकर्षण बढ्दै गएको शेर्पाले भन्नुभयो ।व्यसायिक संभावना बोकेको स्वास्थको दृष्टिकोणले लाभदायक मानिने कश्मीरे स्याउलाई कतिले थाइ एप्पलका रुपमा पनि चिन्ने गर्दछन् । कश्मीरे स्याउ खेती यहाँका स्थानीय कृषकको लागि पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ ।
रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्ग प्राकृतिक रुपमा अति रमणीय छ । प्राकृतिक रुपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने शैलुङ्ग सबैको मन लोभ्याउने प्रकृतिको वरदानको रुपमा रहेको छ । यो क्षेत्रमा किसानले लगाएको स्याउले शैलुङ्गको आकर्षण अझ बढाएको छ ।