ताजा समाचार

बिद्यार्थिहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिदिन अनेरास्वबियूको माग

 नेपाल बाहक    १५ श्रावण २०७८, शुक्रबार १५:२३     29 जनाले पढ़िसके

रामेछाप । अनेरास्वबियू रामेछापले बिद्यार्थिहरुको लागि कोरोना विरुद्धको खोपको सुनिस्चितता गर्न माग गरेको छ । कोरोना सङ्क्रमणको कारण शैक्षिक क्षेत्रमा ठुलो असर गरेको भन्दै नेपाल सरकार सँग कोरोना विरुद्धको खोपको व्यवस्था गरिदिन माग गरेको हो ।
अनेरास्वबियु रामेछापले शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सम्पूर्ण विद्यार्थीहरूलाई खोपको सुनिश्चित गराउँदै विद्यालयमा नियमित रूपमा पठनपाठनको व्यवस्था गर्न माग गरिएको छ। ।
अनेरास्वििबयू रामेछापका सचिव पुष्कर भट्टराईले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा विद्यालय स्तर देखि स्नातक, स्नातकोत्तर सम्मको सम्पूर्ण परीक्षा सञ्चालन भई रहेको अवस्थामा उचित स्वास्थ्य मापदण्ड नअपनाएको हुँदा उचित मापदण्डका साथ परीक्षा सञ्चालन गर्न समेत माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा परीक्षार्थी तथा परीक्षामा संलग्न सम्पूर्ण जनशक्तिलाई तत्काल खोपको सुनिश्चित गर्न, सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशसँग गरेको सम्झौता बमोजिमको खोप उपलब्ध गराई आम सर्वसाधारण नागरिकहरूलाई खोपको सुनिश्चितता गन र विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ को तेस्रो लहरले सबै उमेर समूहका मानिसहरूलाई असर गर्ने भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले भने बमोजिम बालबालिकाहरूको लागि पनि खोपको सुनिश्चितता गर्न माग गरेको छ ।