ताजा समाचार


रामेछापका थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    १५ श्रावण २०७८, शुक्रबार १६:२५     203 जनाले पढ़िसके

रामेछाप । शुक्रबार रामेछापका ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सहित रामेछापमा कोरोना संक्रमण हुनेको संख्या २६ सय ५१ जना पुगेको स्वास्थ्या कार्यालय रामेछापले जनाएको छ ।
संक्रमण हुनेमा जिल्ला अस्पताल रामेछापमा परिक्षण गर्ने ८ जना, प्रथामिक स्वास्थ केन्द्र मन्थलीमा परिक्षण गर्ने २ जना रहेको छन् ।
त्यस्तै आज संक्रमण पुष्टि हुनेमा खाडादेबि गाउँपलिकाका ४ जना, गोकुलगंगा गाउँपालिकाका १३ जना, दोरम्बा गाउँपालिकाका ३ जान र तामाकोसि अस्पताल रामेछापमा परिक्षण गर्ने मध्ये १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै संक्रमण हुने मध्ये हाल सम्म २४ सय ३५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् भने एक सय ९४ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएका छ । हाल सम्म रामेछाप कोरोना संक्रमित मध्ये २२ जनाको निधन भएको छ ।