ताजा समाचार

लाकुरीडाँडा एकता युवा क्लवको अध्यक्षमा बुढाथोकि चयन

 नेपाल बाहक    १८ श्रावण २०७८, सोमबार १३:५४     41 जनाले पढ़िसके

रामेछाप । लाकुरीडाँडा एकता युवा क्लब मन्थली नगरपालिका ३ कठजोरको तेस्रो बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शनिबार भक्तपुरको लोकन्थलीमा सम्पन्न भएको साधरण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । साधरण सभाले बिश्वराज बुढाथोकिको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपअध्यक्षमा छात्र बहादुर नेपाली, सचिबमा पदम बहादुर मगर, कोषअध्यक्षमा भिम बहादुर दर्जि, सदस्यमा कुमार श्रेष्ठ, पूर्ण बहादुर मगर, जगमाया मगर, असोक नेपाली र रिता नेपाली चयन भएका हुन् ।
त्यस्तै गरी संस्थाका सल्लाकारमा राज कुमार थापामगर र राजु थापामगरलाई चयन गरेको छ ।