ताजा समाचार

रामेछाप नगरपालिकाद्धरा अत्यावश्यक बाहेका सेवा बन्द

 नेपाल बाहक    १८ श्रावण २०७८, सोमबार १५:२२     51 जनाले पढ़िसके

रामेछाप । रामेछाप नगरपालिकाले अत्यवश्यक बाहेका सबै सेवा बन्द गरेको छ ।
नगरपालिका भित्र कोरोना संक्रमितको संख्या बढेको भन्दै अत्यवश्यक बाहेकका सेवा बन्द गरीएको सुचनामा उल्लेख छ ।
नगरपालिकाले सोमबार जारी गरेको सुचनामा आउँदो साउन ३२ गतेसम्मको लागि अति अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ सेवा र फोहोरमैलो व्यवस्थापन बाहेकका अत्यावश्क सेवा बन्द गरेको उल्लेख छ ।