ताजा समाचार


रामेछाप प्रहरी द्धरा बाल यौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

 नेपाल बाहक    २० श्रावण २०७८, बुधबार ११:३४     400 जनाले पढ़िसके

रामेछाप । बाल यौन दुरुपयोग मुद्दाका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने रामेछापको मन्थली नगरपालिका १२ गेलुका २३ बर्षका सुरज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।

भुजेलले केहि महिना अघि सोहि स्थानकि १७ बर्षकि बालिकालाई यौन दुरुपयोग गरेका थिए । यौन दुरुपयोगमा दोषि ठहर गदै जिल्ला अदालत रामेछापले २०७७ फागुन १२ गते भुजेललाई ७ महिनाको कैद सहित १० हजार नगदको सजाय सुनाएको थियो ।

उनलाई गए राति प्रहरीले उनको घरबाटै पक्राउ गरेको रामेछाप प्रहरीले जनाएको छ । उनलाई  बुधवार नै अदालतमा पेश गरिन रामेछाप प्रहरीले जानकारी दिएको छ ।