ताजा समाचार

रामेछाप प्रहरीद्धरा चोरीको आरोपमा ३ जना पक्राउ

 नेपाल बाहक    २८ श्रावण २०७८, बिहीबार ०८:०३     33 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई रामेछाप प्रहरीले साउन २७ गते रामेछापको उमाकुण्ड गाउँपालिकाबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका १ का १६ वर्षका बालक, सोही स्थानका १९ वर्षका हिरदेन सुनुवार र २४ वर्षका समुयल सिङ सुनुवार रहेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले साउन २२ गते रामेछापको उमाकुण्ड गाउँपालिका वडा न। ७ बिमिरेमा रहेको टेकराज नेवारको पसल तोडफोड गरी एक लाख ५० हजार नगद रकम चोरी गरेका थिए ।
प्रहरी पक्राउ परेकाहरूबाट नगद एक लाख एक हजार, एक थान डेलको ल्यापटप र मोबाइल ३ थान बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरू माथि थप अनुसन्धान भइरहेको छ । ऊनीमाथि डाँका कसुरमा मुद्दा दर्ता गरिएको छ ।