ताजा समाचार

रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३ हजार नाध्यो

 नेपाल बाहक    ३१ श्रावण २०७८, आईतवार १४:१९     24 जनाले पढ़िसके

रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणको पुष्टि हुनको सङ्ख्या ३ हजार नाघेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार आइतबार सम्म रामेछापका ३ हजार १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सङ्क्रमित मध्ये २७ सय ८४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । भने हाल सम्म रामेछापमा २२ जना कोरोना सङ्क्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल जिल्लामा २ सय ७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।