ताजा समाचार

कोरोना संक्रमणका कारण हाँस्यकलाकार थापको निधन

 नेपाल बाहक    ५ भाद्र २०७८, शनिबार ०८:२२     30 जनाले पढ़िसके

काठमान्डौँ । कोरोना संक्रमण चर्चित हाँस्यकलाकार शम्भुराज थापाको निधन भएको छ ।
थापाको उपचारको क्रममा शनिबार बिहान ४ः४० बजे निधन भएको परिवारीक स्रोतले जनाएको छ । एक महिना अघि उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । शनिबार बिहान उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो ।
थापाले हास्य टेलिश्रृंखलाहरू– हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।