एजेन्सी । बेलायतका पुर्वप्रधानमन्त्री टोनी ब्लेयरले अमेरिकाका राष्ट्रिपति वाइडेनको आलोचना गर्नु भएको छ ।
टोनीले अफगानिस्तानबाट सहयोगी देशका सेना फिर्ता गर्ने अमेरिकाको निणर्य प्रति अलोचना गर्नु भएको बिबिसिले जनाएको छ ।
सन् २००१ मा अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवनमाथि अलकायदाले गरेको आक्रमणपछि अमेरिकाले सुरु गरेको आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय कारबाहीमा बेलायती प्रधानमन्त्रीरहेका ब्लेयरको पूर्ण साथ रहेको थियो । उहाँले ‘सँधैका लागि युद्ध अन्त्य गर्ने एक असभ्य नाराको पालना गर्ने’ नाममा गरिएको यो निर्णय अर्थहीन हुने समेत चेतावनी दिनुभएको छ ।