ताजा समाचार

भौतिक उपस्थितिमै कक्षा १२ को परिक्षा सन्चालन गर्न संसदिय समितिको निर्देशन

 नेपाल बाहक    ८ भाद्र २०७८, मंगलवार १४:१५     38 जनाले पढ़िसके

काठमाण्डौ । भौतिक उपस्थिति मै कक्षा १२ को परिक्षा सन्चालन संसदिय समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले छिटोभन्दा छिटो भौतिक उपस्थितिमा नै परिक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
शिक्षा तथा स्वास्थ्य समितिको आज मङ्गलवारको बैठकले विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सलले छिट्ै परीक्षाको व्यवस्था मिलाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।