ताजा समाचार

अफगानिस्तानको काबुलमा बिस्फोट : १३ अमेरिकी सेना सहित ६० जनाको मृत्यु

 नेपाल बाहक    ११ भाद्र २०७८, शुक्रबार ०७:४६     25 जनाले पढ़िसके

ऐजेन्सी । अफगानिस्ताको काबुलमा बम बिस्फोट हुदाँ १३ अमेरिकी सेना सहित ६० जनाको नागरीकको ज्यान गएको छ ।
बिमानस्थाल नजिकै श्रृंखलाबद्ध विस्फोट हुदाँ २ सय भन्दा बढि अफगानि नागरीक घाइते भएको छन् ।
बिस्फोट अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ । अफनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फोट गराईएको थियो ।
विस्फोटमा केही तालिवान लडाकुहरू पनि घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन् ।