रामेछाप । खाँडादेवी गाउँपालिकाले ७ सय २० जना बिद्यार्थिलाई ट्रयाकसुट वितरण गरेको छ ।
वडा न. ४ का ६ वटा विद्यालयका बिद्यार्थिलाई मङ्गलवार ट्रयाकसुट वितरण गरेको खाँडादेवी गाउँपालिकाका प्रवक्ता पुष्कर कुमार कार्कीले जनाकारी दिनु भयो । पालिकाले वडामा रहेका एक माध्यमिक विद्यालय र ५ वटा आधरभुत विद्यालयका बिद्यार्थिलाई ५ लाख ५० हजार रुपैयाँ बराबरको ट्रयाकसुट वितरण गरेको हो ।
शैक्षिक सुधार र बिद्यार्थिहरुमा एक रुपता कायम गर्न ट्रयाकसुट वितरण गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भयो । अध्यक्ष तामाङले ट्रयाकसुट वितरण गर्ने कार्यक्रम आर्थिक वर्ष ०७७÷७८ को बस्ती स्तरको कार्यक्रम रहेको बताउनु भयो ।