ताजा समाचार

पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

 नेपाल बाहक    १६ भाद्र २०७८, बुधबार ०६:२४     56 जनाले पढ़िसके

रामेछाप । रामेछाप अप्राकृतिक मैथुन करणी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ ।
पाँच वर्षीय बालक माथि अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले भदौ १५ गते १९ वर्षीय दीपेश खड्कालाई पक्राउ गरेको हो । खड्काले गत भदौ ४ गते गोकुलगंगा गाउँपालिका वडा न. ५ कि एक बालक माथि अप्राकृतिक मैथुन करणी गरेका रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।
उनले बालकलाई फकाएर आफ्नो शौचालयमा लगी अप्राकृतिक मैथुन गरेको थिए । घटना पछि फरार रहेका खड्कालाई प्रहरी १० दिन पछि पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।