ताजा समाचार

भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने मन्थली नगरपालिकाको निर्णय

 नेपाल बाहक    १८ भाद्र २०७८, शुक्रबार १३:२७     146 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ । नगरपालिकाले सबै बिद्यालयमा भदौ २७ गते बाट नियमित पठनपाठन सन्चालन गर्ने भएको हो
नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले मन्थली नगरपालिका भित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो आधिकारी फेसबुक पेजमा उल्लेख गर्नु भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि लामो समय देखि अनलाइनबाट पठनपाठन भइरहेको छ । भौतिक उपस्थितिमा पठनपाठन गर्दा दुरी कायम गर्ने तथा स्वास्थ्य सुरक्षाका मपदण्डको पूर्णपालना गर्नुपर्ने शर्त राखिएको छ ।