ताजा समाचार


सिन्धुलीमा काङ्ग्रेस सभापतिको लागि तीन जना आकाङ्क्षी

 नेपाल बाहक    १९ भाद्र २०७८, शनिबार १४:४०     721 जनाले पढ़िसके

सिन्धुली । काङ्ग्रेस सभापतिको लागि तीन जना आकांक्षी नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली सभापतिमा तीन आकाङ्क्षी देखिएका छन् । पूर्व जिल्ला सभापति उज्ज्वल बराल, पूर्वसहसभापति माढिक ढकाल र नेविसंघ तरुण दल सिन्धुलीका पूर्व सभापति उपेन्द्र पोखरेल सभापतिको दौडमा देखिएका हुन् ।
बराल काँग्रेस सिन्धुलीका निवर्तमान सभापति हुन् । पार्टीका क्रियाशील नेता बरालले १४ औँ महाधिवेशनमा फेरि पनि सभापतिको उम्मेदवारीमा घोषणा गरेका छन् । विगतमा सभापति भएर आफूले गरेको कामको मूल्याङ्कन नेता कार्यकर्ताले गर्ने उनले बताए ।
काँग्रेस सिन्धुलीका पूर्वसहसभापति ढकाल पार्टीका क्रियाशील नेताका रूपमा परिचित छन् । उनले यस पटक जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समय पार्टीमा क्रियाशील भएर काम गरेका कारण आफूलाई निर्विरोध सभापति दिनुपर्ने ढकालको मत छ ।
काँग्रेसमा सशक्त युवा नेतृत्व आवश्यक भएकाले आफूले सभापतिमा उम्मेदवारी दिने पोखरेलको भनाइ छ ।